दफा ६६
प्रयोगशाला सूचीकृत गरिने
(१) विभागले खानेपानी तथा फोहोरपानीको परीक्षण गर्न नेपाल सरकारले स्थापना गरेको प्रयोगशाला, प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त निजी प्रयोगशाला र सेवाप्रदायकका प्रयोगशाला सूचीकृत गर्नेछ।

(२) उपनियम (१) बमोजिम सूचीकृत भएका प्रयोगशालाको सूची अच्चावधिक गरी विभागले आफ्नो वेबसाईटमा सार्वजनिक गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको प्रयोगशालाको अनुगमन गरी विभागले आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रत्येक प्रयोगशालाको कर्तव्य हुनेछ।